काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने बयानका लागि आइतबार बिहानै काठमाडौँ जिल्ला अदालतमा पुगेका छन् ।
शुक्रबार पोखराबाट फर्किएका उनी आइतबार जिल्ला अदालतमा हाजिरि भएका हुन् । उनी अदालतमा उपस्थित भएपछि उनको बयान न्यायाधीश माधव अधिकारीको इजलासमा हुने भएको छ।
काठमाडौँको स्वर्णलक्ष्मी सहकारी ठगी अभियोगमा मुद्दा परेकाले उनी आज जिल्ला अदालतमा आफैँ हाजिर भएका हुन्। यो खबर लेख्दासम्म लामिछानेको बयान भने सुरु भइसकेको छैन।
पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा यही पुस २५ गते मात्र धरौटीमा रिहा भएका पूर्वगृहमन्त्री लामिछाने पुस २६ गते साँझ काठमाडौँ आइपुगेका थिए।

