२०८३, आश्विन २१ गते

images

२५ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बको बारोबार

२५ अंकले घट्यो नेप्से परिसूचक, ४ अर्बको बारोबार

सीएनएन खबर
आइतवार, पौष २८ २०८१०३:१७
सीएनएन खबर
आइतवार, पौष २८ २०८१०३:१७
  • images

    काठमाडौँ । धितोपत्र दोस्रो बजार मापक नेप्से परिसूचक आइतबार २५.४१ अंकले घटेको छ । नेप्से ०.९६ प्रतिशतले घटेर २६०९.६७ को विन्दुमा झरेको हो ।

    यस दिन तीन अर्ब ९९ करोड ७९ लाख रुपैयाँमा ८० लाख २१ हजार ६३१ कित्ता सेयर किनबेच भएको नेपाल स्टक एक्सचेन्ज ९नेप्से०ले जनाएको छ ।

    ४३ कम्पनीको सेयर मूल्य बढेको छ । १९४ कम्पनीको सेयर मूल्य घटेको छ । ६ कम्पनीको सेयर मूल्य स्थिर छ । कारोबारमा रहेका १३ समूहगत परिसूचक सबै घटेका छन् ।

    वेन नेपाल लघुवित्त र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले बढेको छ । न्यादी हाइड्रोको सेयर मूल्य सर्वाधिक १० प्रतिशतले घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend