काठमाडौँ । नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटीको अध्यक्षको जिम्मा महेन्द्र घिमिरेले पाएका छन् । आइतबार भएको गाउँ पालिकाको तेस्रो अधिवेशनबाट घिमिरेको अध्यक्षतामा ४५ सदस्सीय पालिका कमिटी गठन भएको हो ।
माओवादीका केन्द्रिय सचीव देबेन्द्र पौडेल (शुनिल ) को प्रमुख आतिथ्य, केन्द्रिय सदस्य एवं ललितपुर जिल्ला इन्चार्ज हरि दहालको बिशेश आतिथ्यतामा अधिवेशन सम्पन्न भएको हो ।
घिमिरेको नेतृत्वमा गठन भएको कमिटिको उपाध्यक्ष रामलाल थिङ, हिरा घिमिरे, कपिल थिङ, सचीवमा कृष्ण बहादुर बल, सह सचीवमा ठाकुर कुमार घिमिरे, र कोषाध्यक्ष चन्द्र भुलुन चयन भएका छन् ।
अधिवेशन कार्यक्रममा जसपा नेपाल बागमती प्रदेश युवा संगठनको संयोजक लोक ब्लोनको नेतृत्वमा १५ जना पार्टी प्रवेश गरेका छन् ।
उक्त कार्यक्रममा बागमती गाउँ पालिकाले प्रकाशन गरेको राजनैतिक दर्पण लोकार्पण समेत भएको थियो ।

