२०८३, आश्विन २१ गते

images

रविलाई अदालतले लगायो प्रहरीको जिम्मा

रविलाई अदालतले लगायो प्रहरीको जिम्मा

आइतवार, पौष २८ २०८१०४:१७
आइतवार, पौष २८ २०८१०४:१७
  • images

    काठमाडौं । काठमाडौं स्वर्णलक्ष्मी सहकारीको रकम अपचलन प्रकरणमा जिल्ला अदालत काठमाडौंमा रास्वपा सभापति रवि लामिछानेको बयान भएको छ । लामिछानेलगायत ३९ जनाविरुद्ध सो सहकारीको रकम अपचलन मुद्दा जिल्ला अदालतमा दायर भएको छ । 

    लामिछानेलाई कास्की जिल्ला अदालतले शुक्रबार ६५ लाख धरौटीमा रिहा गरेपछि उनी आइतबार काठमाडौंं अदालतमा हाजिर भएका थिए । उनी हाजिर भएलगत्तै न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा बयानसमेत भएको छ । बयान सकिएपछि आइतबारै थुनछेक बहससमेत सुरु भएको छ । आइतबार बहस नसिकएपछि अदालतले लामिछानेलाई प्रहरीको जिम्मा लगाउने आदेश गरेको छ । 

    थुनछेक बहसमा पहिला सरकारी वकिलको कार्यालयको तर्फबाट बहस हुनेछ । त्यसपछि लामिछानेका कानुन व्यवसायी तथा जाहेरवालाका कानुन व्यवसायीले बहस गर्नेछन् । 

    काठमाडौंमा थुनछेक बहसमा आदेश आएपछि लामिछाने जिल्ला अदालत रुपन्देही हाजिर हुनुपर्नेछ । त्यहाँ प्रहरीले अनुसन्धान फाइल सरकारी वकिल कार्यालयमा पठाइसकेको छ । सरकारी वकिल कार्यालयले मुद्दा अभियोजन भने गरिसकेको छैन । 
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend