२०८३, आश्विन २१ गते

images

नक्कली विज्ञप्तिमा कांग्रेसको आपत्ति, छानबिन गर्न

नक्कली विज्ञप्तिमा कांग्रेसको आपत्ति, छानबिन गर्न

आइतवार, पौष २८ २०८१०८:४४
आइतवार, पौष २८ २०८१०८:४४
  • images

    काठमाडौं । नेपाली कांग्रेसले पार्टी सभापति शेरबहादुर देउवाको हस्ताक्षरसमेत भएको नक्कली प्रेस विज्ञप्ति सार्वजनिक भएपछि गठबन्धन सरकारबारे अन्योल सिर्जना गर्ने कुत्सित मनसायले दुष्प्रयास गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। 

    कांग्रेस सभापति देउवाको नामबाट अध्यादेशसम्बन्धी मिथ्या प्रेस विज्ञप्ति सामाजिक सञ्जालमा देखिएपछि कांग्रेसले आज एक विज्ञप्ति जारी गर्दै यसमा गम्भीर ध्यानाकर्षण भएको उल्लेख गरिएको छ। 

    पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जारी गरेको 'गम्भीर ध्यानाकर्षण' विज्ञप्तिमा ‘‘नेपाली राजनीतिलाई तरङ्गित गर्ने, गठबन्धनको सरकारकाबारे अन्यौल सृजना गरी नेपाली जनतालाई दिग्भ्रमित गर्ने कुत्सित मनसायबाट नेपाली कांग्रेस पार्टी सभापतिको नामबाट नक्कली प्रेस वक्तव्य विभिन्न सामाजिक सञ्जालहरूमा सम्प्रेषित भएकोमा हाम्रो पार्टीको गम्भीर ध्यानाकर्षण भएको छ’’ उल्लेख छ।

    आज जारी विज्ञप्तिमा यस्तो गलत काममा संलग्न दोषीलाई खोजेर कानूनी कारबाही गर्न पनि सम्बन्धित निकायलाई आग्रह गरिएको छ।

    ‘‘हतास मनस्थितिबाट गरिएका यस्ता घृणित कार्यको निन्दा गर्दै त्यस्ता गैरकानूनी कार्यमा संलग्न जो कसैलाई कानूनी दायरामा ल्याउन सम्बन्धित निकायसँग नेपाली कांग्रेस जोडदार माग गर्दछ। साथै, यस्ता भ्रमित गतिविधिबाट प्रभावित नहुन सबैमा नेपाली कांग्रेस अनुरोध गर्दछ’’ उक्त विज्ञप्तिमा उल्लेख छ।

    congress_PI5AyRVWVq.jpg
    undefined

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend