२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • सानिमा रिलायन्स लाईफका सेयरधनीलाइ बोनस सेयर...

सानिमा रिलायन्स लाईफका सेयरधनीलाइ बोनस सेयर बापतको कर तिर्न आग्रह

सानिमा रिलायन्स लाईफका सेयरधनीलाइ बोनस सेयर बापतको कर तिर्न आग्रह

सीएनएन खबर
सोमवार, पौष २९ २०८१११:०६
सीएनएन खबर
सोमवार, पौष २९ २०८१११:०६
  • images

    काठमाडौं । सानिमा रिलायन्स लाईफ इन्स्योेरेन्स कम्पनीले एक सूचना सार्वजनिक गर्दै आर्थिक वर्ष २०७९।०८० को बोनस सेयरको कर भुक्तान गर्न सेयरधनीलाई भनेको हो । सेयरधनीलाई बोनस सेयर वापतको कर भुक्तान गर्न अनुरोध गरेको छ । 


    तत्कालिन सानिमा लाईफ र रिलायन्स लाईफ एक आपसमा गाभिएर सानिमा रिलायन्सको नामबाट २०७९ चैत ९ गते एकिकृत कारोबार भएको थियो । आयकर ऐनमा भएको व्यवस्थ अनुसार गाभिएको मितिमा कायम सेयरधनीले २ वर्षसम्मको लाभांशको कर तिर्नु पर्दैन ।

    sanima-relaince-710x1024.jpeg

     

    गाभिएको मिति २०७९ चैत ९ गते पछि बनेका सेयरधनीले मात्र बोनस सेयर वापतको कर जम्मा गर्न कम्पनीले अनुरोध गरेको हो । कम्पनीले आव २०७९।०८० को मुनाफाबाट १८.३८११ प्रतिशत बोनस सेयर वितरण गर्ने प्रस्ताव वार्षिक साधारण सभाबाट पारित गरेको छ । 


    २०७९ चैत ९ गतेपछि कायम सेयरधनीले सो बोनस वापत ५ प्रतिशत लाभकर भुक्तान गर्नुपर्ने कम्पनीले उल्लेख गरेको छ । कर वापतको रकम जम्मा गरेपछि मात्रै हितग्राही खातामा बोनस सेयर जम्मा गरिदिने पनि कम्पनीले स्पष्ट पारेको छ ।
    कर वापतको रकम एनएमबी बैंक रहेको सानिमा रिलयन्स डिभिडेण्ड ट्याक्स खाता नम्बर ९९०००५३६६७८००१७३ जम्मा गर्नुपर्ने जनाइएको छ । करको विवरण सानिमा रिलायन्स इन्स्योरेन्सको वेवसाइटमा गएर हेर्न सकिने पनि कम्पनीले जनाएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend