२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि लामिछाने थुनछेक बहसः 'कास्की अदालतको...

रवि लामिछाने थुनछेक बहसः 'कास्की अदालतको आदेश बिर्सौं, यहाँ थुनामै राखौँ'

रवि लामिछाने थुनछेक बहसः 'कास्की अदालतको आदेश बिर्सौं, यहाँ थुनामै राखौँ'

सोमवार, पौष २९ २०८१०३:२३
सोमवार, पौष २९ २०८१०३:२३
  • images

    काठमाडौं । रास्वपाका सभापति रवि लामिछाने जोडिएको काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा अहिले थुनछेक बहस जारी छ । न्यायाधीश माधव अधिकारीको इजलासमा अहिले सरकारी वकिलले बहस गरिरहेका छन् ।

    ११ जना सरकारी वकिलमध्ये हालसम्म ६ जनाले बहस सकेका छन् । अहिलेसम्म जिल्ला न्यायाधिवक्ता खडिन्द्रराज कटुवाल, सहायक जिल्ला न्यायाधिवक्ता चन्द्र सन्जेल, जिल्ला न्यायाधिवक्ता सन्तोषराज कटुवाल, बिना खड्का, राधिका सुवालले बहस गरेका छन् ।

    सरकारी वकिलले बहसको क्रममा सहकारी पीडितलाई न्याय दिनका लागि लामिछानेलाई थुनामै पठाउनुपर्ने माग गरेका छन् । ‘सहकारी ठगी, सम्पत्ति शुद्धिकरण लगायतका मुद्दा छन् । प्रतिवादीलाई अहिले थुनाबाहिर राख्दा प्रमाण नष्ट हुने देखिन्छ, । कास्की अदालतको आदेश बिर्सिदिनुस् श्रीमान्, रवि लामिछानेलाई थुनामै पठाउनुपर्छ’ उनीहरुले भनेका छन् ।

    अब बाँकी ५ जना सरकारी वकिलले बहस गरेपछि रविको पक्षमा बहस हुनेछ । प्रतिवादी लामिछानेको पक्षबाट वरिष्ठ अधिवक्ता रमण श्रेष्ठ र सुशील पन्तले बहस गर्नेछन् । न्यायाधीश अधिकारीले सरकारी वकिललाई २ घण्टा र रविपक्षका वकिललाई सवा घण्टाको समय दिएका छन् ।

    त्यसपछि पुनः सरकारी वकिलले जवाफी बहस गरेपछि न्यायाधीशले आदेश गर्नेछन् । आजै दुवै पक्षको बहस र जवाफी बहस सकिएको खण्डमा न्यायाधीशले आदेश गर्नेछन् ।

    रविको पक्षमा बहस गर्न लागेका श्रेष्ठ र पन्त दुवै जना पूर्व महान्यायाधीवक्ता हुन् । यसअघि कास्की जिल्ला अदालतमापनि रविको पक्षमा नै उनीहरुले बहस गरेका थिए । कास्कीको सूर्यदर्शन सहकारी ठगीमा भने लामिछाने बिहीबार धरौटीमा रिहा भएका थिए । जिल्ला न्यायाधीश नीतिज राईको इजलासले रविलाई ६५ लाख धरौटीमा रिहा गरेको थियो ।

    लामिछानेविरुद्ध संगठितरूपमा ठगी गरेको आरोप छ । सो प्रकरणमा रविसहित ३९ जनाविरुद्ध पुस २१ गते काठमाडौंमा मुद्दा दायर भएको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend