२०८३, आश्विन २१ गते

images

नेपाल लाइफको २५ औँ साधारण सभा आह्वान

नेपाल लाइफको २५ औँ साधारण सभा आह्वान

सीएनएन खबर
मंगलवार, माघ १ २०८१०३:०२
सीएनएन खबर
मंगलवार, माघ १ २०८१०३:०२
  • images

    काठमाडौँ । नेपाल लाइफ इन्स्योरेन्सले २५औं वार्षिक साधारणसभा बोलाएको छ। कम्पनीले माघ २८ गतेका लागि पर्सा जिल्लाको वीरगंजस्थित होटल भिष्वामा साधारणसभा बोलाएको हो।

    सभाले हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद (कर समेत) लाभांश वितरणको प्रस्ताव पारित गर्नेछ। बोनस शेयर वितरणपछि जारी चथा चुक्ता पूँजीलाई तदनुरुप वृद्धि गर्ने प्रस्ताव पनि सभाले पारित गर्नेछ एजेण्डा रहेको छ । 

    यसका साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन सहितका वित्तीय विवरण पारित गर्नुका साथै चालु आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारणको विषय टुङ्ग्याउनेछ।

    त्यसैगरी सर्वसाधारण शेयरधनी (समूह ख) को तर्फबाट ३ जना सञ्चालकको निर्वाचन गर्ने र कम्पनीको प्रबन्धपत्र तथा नियमावलीमा आवश्यक संशोधन तथा फेरबदल गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्। वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनका लागि कम्पनीले माघ १० गते एक दिन बुक क्लोज गर्ने निर्णय गरेको छ।

    बुक क्लोजको आधारमा माघ ९ गतेसम्म कायम शेयरधनी सभामा भाग लिन र लाभांश प्राप्त गर्न योग्य हुनेछन्।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend