२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा प्रतिपक्षी...

सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा प्रतिपक्षी दलले सशक्त विरोध गर्ने

सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा प्रतिपक्षी दलले सशक्त विरोध गर्ने

बुधवार, माघ २ २०८१११:५२
बुधवार, माघ २ २०८१११:५२
  • images

    काठमाडौं । नेकपा माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा बसेको प्रतिपक्षी दलहरूको बैठकले सरकारले संसद् नबोलाई अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने निर्णय गरेको छ । सरकारले 'थ्रेसहोल्ड' बढाउने गरी कानुन संशोधन गर्न लागेको र संसद् बन्द राखेर अध्यादेशमार्फत् कानुनहरू संशोधन गरिरहेकोमा विरोधमा रहेका विपक्षी दलहरू बुधबार बिहान एकै ठाउँमा जुटेका थिए ।

    माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेका अनुसार विपक्षी दलका नेताहरू सरकारले संसद् छलेर अध्यादेश ल्याएकोमा सशक्त विरोध गर्ने विषयमा एकजुट भएका छन् ।

    पाण्डेका अनुसार बैठकमा संसद्मा रहेको आर्थिक उत्तरदायित्वसम्बन्धी विधेयकमाथि छलफल हुँदाहुँदै यही विधेयक अध्यादेर्शमार्फत ल्याउनु सरकार संसद्लाई कमजोर बनाउने खेलमा लागेको भन्दै छलफल भएको थियो । 

    बैठकमा सरकारविरुद्ध रणनीति बनाउने नेताहरूले बताएका छन् । बैठकमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एसका अध्यक्ष माधव कुमार नेपाल, रास्वपाका कार्यवाहक सभापति डिपी अर्याल, राप्रपाका बुद्धिमान तामाङ, प्रभु साह, महेन्द्रराय यादव, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend