२०८३, आश्विन २१ गते

images

४५ वर्षपछि धनगढी डिपाे स्थानान्तरण गर्दै निगम, कहिले बन्छ स्मार्ट डिपाे ?

४५ वर्षपछि धनगढी डिपाे स्थानान्तरण गर्दै निगम, कहिले बन्छ स्मार्ट डिपाे ?

बुधवार, माघ २ २०८१०३:१५
बुधवार, माघ २ २०८१०३:१५
  • images

    काठमाडौं । सञ्चालनकाे ४५ वर्षपछि नेपाल आयल निगमले धनगढी डिपाे स्थानान्तरण गर्ने भएकाे छ । निगमकाे सातै प्रदेशमा पेट्रोलियम पदार्थकाे भण्डारण क्षमता बढाउने नीति अनुसार सुदुरपश्चिम प्रादेशिक कार्यालय धनगढी डिपाे स्थानान्तरण हुन लागेकाे हाे ।

    निगमले गाेदाबरि नगरपालिका ८ मा पर्ने अतरिया चाेकबाट पूर्वतर्फ करिब ५ किलाेमिटरकाे दुरिमा रहेकाे पूर्व पश्चिम राजमार्गलाइ छुने गरि २० बिघा १६ कठ्ठा ८ धुर जग्गामा स्मार्ट डिपाे बनाउन लागेकाे हाे ।

    वि.स २०३७ सालमा १ विघा ८ कठ्ठामा निर्माण गरिएकाे उक्त डिपाेकाे क्षमता दैनिक ४ गाडि बराबरकाे थियाे । ४४ वर्षअघिकाे डिपाे निगमले नयाँ माेडलमा करिव ३ अर्ब रूपैयाँमा आधुनिक डिपाे बनाउन निगम लागेकाे हाे  ।

    Depo.JPG

    २०८२ सालकाे बैशाखमा डिपीआर सकेर निर्माणकाे थालनि गरिने निगमकाे भण्डारण क्षमता अभिबृद्वि परियाेजनाका प्रमुख इ प्रदिपकुमार यादबले जानकारी दिए।

    उनका अनुसार २०८४ सालकाे बैशाखभित्र धनगढीमा नयाँ स्मार्ट डिपाे सञ्चालनमा आउनेछ। उक्त डिपाेकाे डिपिआर काठमाडौं विश्वविद्यालयले बनाउनेछ।

    यादबका अनुसार नयाँ बन्ने डिपाेमा 18 सय किलाेलिटर क्षमताकाे पेट्रोल, ६ हजार ६ सय किलाेलिटर क्षमताकाे डिजेल, ५ सय किलाेलिटर क्षमताकाे मट्टिलेत र ३ हजार किलाेलिटर क्षमताकाे पानी ट्यांककी गरि ११ हजार ९ सय किलाेलिटर क्षमताकाे हुनेछ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend