२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविलाई धरौटीमा छोड्न काठमाडौँ जिल्ला अदालतको...

रविलाई धरौटीमा छोड्न काठमाडौँ जिल्ला अदालतको आदेश, कति मागियो रकम ?

रविलाई धरौटीमा छोड्न काठमाडौँ जिल्ला अदालतको आदेश, कति मागियो रकम ?

बुधवार, माघ २ २०८१०५:०६
बुधवार, माघ २ २०८१०५:०६
  • images

    काठमाडौँ । स्वर्णलक्ष्मी सहकारी बचत अपचलन मुद्दामा रास्वपा सभापति तथा पूर्वगृहमन्त्री रवि लामिछानेलाई धरौटीमा रिहा गर्न काठमाडौं जिल्ला अदालतले आदेश दिएको छ ।

    थुनछेक बहसपछि न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको अदालत स्रोतले जनाएको छ ।

    सहकारीको रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा लगेर अपचलन गरेको आरोपमा रवि लामिछाने गत कात्तिक २ गते केन्द्रीय कार्यालयबाटै पक्राउ परेका थिए । त्यसअघि पाेखराकाे सूर्यदर्शन सहकारी प्रकरणमा उनले ६५ लाख रुपैयाँ धराैटी बुझाएर रिया भएका थिए । 

    पाेखरापछि काठमाडाैँमा पनि उनीसँग धराैटी माग गरिएकाे हाे । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend