२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रभु बैंकको धरौटी बुझाएर रिहा भए...

प्रभु बैंकको धरौटी बुझाएर रिहा भए रवि लामिछाने, रुपन्देही र पर्सामा आफै उपस्थित हुने

प्रभु बैंकको धरौटी बुझाएर रिहा भए रवि लामिछाने, रुपन्देही र पर्सामा आफै उपस्थित हुने

बुधवार, माघ २ २०८१०६:२५
बुधवार, माघ २ २०८१०६:२५
  • images

    काठमाडौँ । जिल्ला अदालत काठमाडौंले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई ६० रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएपछि उनी धरौटी बुझाएर रिहा भएका छन्।  प्रभु बै‌ककाे बैंक जमानत बुझाएर उनी छुटेका हुन् ।

    न्यायाधीश माधव प्रसाद अधिकारीको इजलासले बुधबार उनलाई धरौटीमा छाड्ने आदेश दिएको हो । 

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको पैसा गैरकानुनी रुपमा गोर्खा मिडियामा लगिएको र गोर्खा मिडियाको तत्कालिन सञ्चालकको रुपमा खर्च गर्ने भूमिकामा रहेको भन्दै लामिछानेलाई समेत प्रतिवादी बनाइएको थियो । उनलाई पाँच करोड बिगो कायम गरी मुद्दा दायर भएको थियो ।

    जिल्ला अदालत, कास्कीले लामिछानेसँग ६५ लाख रुपैयाँ धरौटी माग गरेको थियो । प्रहरीले उनीविरुद्ध रुपन्देही, चितवन र पर्सामा पनि मुद्दा दायरको तयारी गरिरहेको छ । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend