काठमाडौँ । बिहीबार सुनचाँदी दुबैको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवासायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार बिहीबार सुन प्रतितोला १ हजार २ सय रुपैयाँले बढेको हो ।
बुधबार प्रतितोला १ लाख ५५ हजार ४ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य बढेसँगै बिहीबारका लागि प्रतितोला १लाख ५६ हजार ६ सय रुपैयाँ कायम भएको छ ।
बिहीबार सुनसँगै चाँदीको मूल्य समेत बढेको छ । बुधबारको तुलनामा बिहीबार चाँदीको मूल्य तोलामै ५० रुपैयाँले बढेर १ हजार ८ सय ८० रुपैयाँ कायम भएको छ । बुधबार चाँदी १ हजार ८ सय ३० रुपैयाँमा कारोबार भएको थियो ।

