२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • देउवाले लिए सरकारमा सहभागी मन्त्रीहरुको कार्य...

देउवाले लिए सरकारमा सहभागी मन्त्रीहरुको कार्य प्रगति विवरण

देउवाले लिए सरकारमा सहभागी मन्त्रीहरुको कार्य प्रगति विवरण

बिहिवार, माघ ३ २०८१०२:०७
बिहिवार, माघ ३ २०८१०२:०७
  • images

    काठमाडौं । सत्ता साझेदार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीबाट प्रतिनिधित्व गरेर सरकारमा सहभागी मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका छन् । आज बिहान निजी निवास बुढानिलकण्ठमा बोलाएर सभपति देउवाले कांग्रेसबाट सरकारमा सहभागी भएका मन्त्रीहरुको कार्य प्रगति विवरणबारे जानकारी लिएका हुन् ।

    हालसम्म ३ जना मन्त्रीहरुले आफ्नो मन्त्रालयको कार्यप्रगतिबारे जानकारी दिएको युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीले बताए । उनले मन्त्रालयले सोचेअनुसारको काममा तीब्रता दिन नसकेको उल्लेख गरे । छलफलमा मन्त्रालयको कार्यप्रगतिबारे जानकारी गराइएको र अब कसरी प्रभावकारी बनाउने भन्नेबारेमा नेताहरुले सुझाव दिएको उनले बताए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend