२०८३, आश्विन २१ गते

images

एनएमबि बैंकको नाफा ६८ प्रतिशत

एनएमबि बैंकको नाफा ६८ प्रतिशत

सीएनएन खबर
सोमवार, माघ ७ २०८१०८:१६
सीएनएन खबर
सोमवार, माघ ७ २०८१०८:१६
  • images

    काठमाडौँ । विगत दुईवर्ष लाभांश नदिएको एनएमबि बैंकको वित्तीय सूचक राम्रा देखिएका छन्। चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गर्दै बैंकले खुद नाफा ६८.६९ प्रतिशतले बढेको देखाएको छ।

    यस अवधिमा बैंकले करिब २ अर्ब खुद नाफा गर्दै १ अर्ब ३३ करोड रुपैयाँ वितरणयोग्य नाफा देखाएको छ। गत वर्षको यसै अवधिमा बैंकको खुद नाफा १ अर्ब ३७ करोड रुपैयाँ र वितरणयोग्य घाटा ९९ अर्ब ४८ करोड रुपैयाँ रहेको थियो। 

    ब्याजदर घटेकाले बैंकको ब्याज आम्दानी र खर्च घटेपनि खुद ब्याज आम्दानी बढेकाले खुद नाफा पनि बढेको हो। यस अवधिमा बैंकले ४ अर्ब २५ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ।
     
    गत वर्षको यसै अवधिमा बैंकले ३ अर्ब ७६ करोड रुपैयाँ खुद ब्याज आम्दानी गरेको थियो। यस अवधिमा बैंकले गत वर्षको तुलनामा कर्जा नोक्सानी व्यवस्था खर्च पनि घटाउन सफल भएको छ। 

    गत वर्ष ४६ करोड रहेको खराब कर्जा नोक्सानी व्यवस्था यस वर्षको ६ महिनामा घटेर ३४ करोड ४७ लाख रुपैयाँमा आएको छ।

    यद्यपी बैंकको खराब कर्जा गत वर्षको तुलनामा बढेको छ। गत वर्षको पुस मसान्तसम्मा २.८६ प्रतिशत रहेको बैंकको खराब कर्जा यस वर्षको सोही अवधिमा बढेर ३.९६ प्रतिशत पुगेको छ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend