२०८३, आश्विन २१ गते

images

६ महिनामा नबिल बैंकको नाफा तीन अर्ब २४ करोड

६ महिनामा नबिल बैंकको नाफा तीन अर्ब २४ करोड

सीएनएन खबर
सोमवार, माघ ७ २०८१०८:३३
सीएनएन खबर
सोमवार, माघ ७ २०८१०८:३३
  • images

    काठमाडौँ । नबिल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०८१।८२ को दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तीय विवरण अनुसार यस अवधिमा बैंकको मुनााफा, सञ्चालन मुनाफा तथा प्रतिशेयर आम्दानी लगायतका सूचकमा सामान्य बृद्धि देखिएको छ ।

    समीक्षा अवधिमा बैंकको मुनाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा १.२८ प्रतिशतले बृद्धि भएको छ । बैंकले चालु आवको ६ महिनामा तीन अर्ब २४ करोड २४ लाख रुपैयाँ मुनाफा आर्जन गरेको छ । गत आवको सोही अवधिमा बैंकले तीन अर्ब २० करोड ३० लाख रुपैयाँ बराबर मुनाफा आर्जन गरेको थियो ।

    यस अवधिमा बैंकको खुद ब्याज आम्दानीमा सामान्य गिरावट आएको छ । गत आर्थिक वर्षको तुलनामा बैंकको ब्याज आम्दानी ४.२१ प्रतिशतले घटेर आठ अर्ब २४ करोड रुपैयाँबाट सात अर्ब ८९ करोड ५९ लाख रुपैयाँ पुगेको छ ।

    साथै, बैंकको खुद फि तथा कमिशन आम्दानी १.८२ प्रतिशत बढेर एक अर्ब ४८ करोड ४३ लाख रुपैयाँबाट एक अर्ब ५१ करोड १४ लाख रुपैयाँ रहेको छ । नाफासँगै बैंकको प्रतिशेयर आम्दानी पनि बढेको छ। समीक्षा अवधिमा बैंकको यस्तो आम्दानी २३ रुपैयाँ ७४ पैसा बढेर २४ रुपैयाँ ०५ पैसा पुगेको छ।

    २७ अर्ब ०५ करोड ६९ लाख रुपैयाँ चुक्ता पूँजी रहेको यस बैंकको जगेडा कोषमा एक अर्ब ८९ करोड १७ लाख रुपैयाँ सञ्चित छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend