२०८३, आश्विन २१ गते

images

ह्वात्तै घट्यो एनआईसी एशिया बैंकको नाफा, वितरणयोग्य नाफा साढे २ अर्ब बढी ऋणात्मक

ह्वात्तै घट्यो एनआईसी एशिया बैंकको नाफा, वितरणयोग्य नाफा साढे २ अर्ब बढी ऋणात्मक

सोमवार, माघ ७ २०८१०८:४०
सोमवार, माघ ७ २०८१०८:४०
  • images

    काठमाडौँ । एनआईसी एशिया बैंकले चालु आर्थिक वर्षको ६ महिनामा १५ करोड ५२ लाख ४८ हजार रुपैयाँ नाफा आर्जन गरेको छ ।

    बैंकले सोमबार प्रकाशन गरेको ६ महिनाको वित्तीय अवस्था अनुसार बैंकको नाफा गत आवको सोही अवधिको तुलनामा ९२ प्रतिशतले कम हो । गत आवको सोही अवधिमा बैंकको नाफा १ अर्ब ९० करोड रुपैयाँ रहेको थियो ।

    यो अवधिमा बैंकको खुद ब्याज आम्दानी ५ अर्ब १८ करोड ६९ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ५ अर्ब ५४ करोड १४ लाख रुपैयाँ रहेको थियो ।

    बैंकको सञ्चालन नाफा ३४ करोड १९ लाख रुपैयाँ छ । जुन गत आवको सोही अवधिमा ३५ करोड ६१ लाख रुपैयाँ थियो ।

    बैंकको वितरणयोग्य नाफा २ अर्ब ६५ करोड रुपैयाँ ऋणात्मक छ । १४ अर्ब ९१ करोड ७५ लाख रुपैयाँ चुक्तापूँजी रहेको बैंकको जगेडा कोषमा १७ अर्ब ४१ करोड रुपैयाँ छ ।

    बैंकको प्रति सेयर आम्दानी २।०४ रुपैयाँ, प्रति सेयर नेटवर्थ १९८.९२ रुपैयाँ रहेको छ । बैंकको खराब कर्जा १.४७ प्रतिशत छ

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend