२०८३, आश्विन २१ गते

images
  • समाचार
  • प्रहरीबाट निर्घात कुटिए युवक, घटनाबारे छानबिन...

प्रहरीबाट निर्घात कुटिए युवक, घटनाबारे छानबिन सुरू(भिडियोसहित)

प्रहरीबाट निर्घात कुटिए युवक, घटनाबारे छानबिन सुरू(भिडियोसहित)

सोमवार, माघ ७ २०८१११:२४
सोमवार, माघ ७ २०८१११:२४
  • images

    काठमाडौं । चितवनको भरतपुर महानगरपालिकाको बाइपास सडकखण्डमा प्रहरीले एक जना युवकमाथि निर्घात कुटपिट गरेका छन् । ‘माथिको पावर देखाएको’ भन्दै चेकिङमा खटिएका प्रहरीले युवकलाई लात्तीले हानेर लडाएर फेरि पनि लात्तैलात्ताले हानेका छन् । प्रहरीले कुटपिट गरेको सो भिडियो सामाजिक सञ्जालमा भाइरल भैरहेको छ ।

    सामाजिक सञ्जालमा भाइरल बनेको भिडिओबारे सत्यतथ्य बुझ्न चितवन प्रहरीलाई प्रहरी प्रधान कार्यालयले निर्देशन दिएको छ ।  जिल्ला प्रहरी कार्यालय चितवनका एसपी गौतम मिश्रले घटना छानबिनका लागि डीएसपी ज्ञानकुमार महतोको नेतृत्वमा तीन सदस्यीय छानबिन समिति गठन गरिएको जानकारी दिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend