२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असइ...

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असइ निलम्बित

चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने असइ निलम्बित

सोमवार, माघ ७ २०८१०१:०१
सोमवार, माघ ७ २०८१०१:०१
  • images

    काठमाडौं । चितवनमा युवकलाई निर्घात कुटपिट गर्ने प्रहरीको पहिचान भएको छ । कुटपिटमा संलग्न प्रहरी सहायक निरीक्षक (असई) बुद्धिबहादुर भुजेल रहेको प्रहरीले जनाएको छ । 
    उनलाई निलम्बन गरिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख एसपी गौतम मिश्रले दिए ।

    उनका अनुसार पुस १५ गते भरतपुर महानगरपालिका–११ स्थित तीनखोले गुम्बानजिकै बाइपास रोडमा चेकिङका क्रममा भुजेलले युवकमाथि कुटपिट गरेका थिए । असई भुजेल अस्थायी प्रहरी बिट गणेशधाममा कार्यरत छन् । सामाजिक सञ्जालमा भिडिओ भाइरल बनेपछि प्रहरीले अनुसन्धान शुरू गरेको छ । जिल्ला प्रहरी कार्यालय चितवनकै डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा घटनाबारे छानबिन गर्न समिति गठन भएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend