२०८३, आश्विन २१ गते

images

सेयर बजार सामान्य अंकले बढ्यो, ६ अर्ब ५७ करोडको कारोबार

सेयर बजार सामान्य अंकले बढ्यो, ६ अर्ब ५७ करोडको कारोबार

सोमवार, माघ ७ २०८१०३:१७
सोमवार, माघ ७ २०८१०३:१७
  • images

    काठमाडौँ । साताको दोस्रो कारोबार दिन सोमबार नेप्से परिसूचक सामान्य अंकले बढेको छ । आइतबार १२.५८ अंकले बढेको बजार आज ६.७८ अंकले बढेर दुई हजार ६०७.९९ विन्दुमा बन्द भएको हो । 

    आज ६ अर्ब ५७ करोड ४ लाख रुपैयाँ बराबरको १ करोड ३६ लाख कित्ता शेयर खरिद विक्री भएको हो । आज कारोबारमा आएका कम्पनीमध्ये ११८ कम्पनीको शेयर बढ्दा ११७ कम्पनीको शेयर घटेको छ । ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

    आज मानुषी लघुवित्तको शेयरमूल्य ९ प्रतिशतले बढेको छ भने सर्वाधिक कारोबार रिभर फल्स पावरको भएको छ । कम्पनीको २४ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको नेप्सेले जनाएको हो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend