२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • स्वर्णलक्ष्मी ठगी प्रकरणः पूर्व डीआइजी जोशीलाई...

स्वर्णलक्ष्मी ठगी प्रकरणः पूर्व डीआइजी जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छोड्न अदालतको आदेश

स्वर्णलक्ष्मी ठगी प्रकरणः पूर्व डीआइजी जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छोड्न अदालतको आदेश

सोमवार, माघ ७ २०८१०३:२५
सोमवार, माघ ७ २०८१०३:२५
  • images

    काठमाडौँ । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत रकम हिनामिना मुद्दामा पूर्वडिआइजी छविलाल जोशीलाई ५० लाख रुपैयाँ धरौटीमा छाड्न जिल्ला अदालत काठमाडौंले आदेश दिएको छ। 

    जिल्ला न्यायाधीश ठाकुरप्रसाद खरेलको इजलासले सोमबार थुनछेक आदेश दिँदै ५० लाख धरौटीमा छाड्न भनेका हुन्।

    यसअघि थुनछेक बहसमा सरकारी वकिल, जाहेरवालाका तर्फबाट सुरेन्द्र भण्डारी र जोशीका तर्फबाट शम्भु थापा, सतिशकृष्ण खरेल, अपूर्व खतिवडा र रोचक रेग्मीले बहस गरेका थिए।

    जोशीमाथि ५ करोड ७८ लाख ९६ हजार चार सय ८० रुपैयाँ बिगो माग गर्दै मुद्दा दर्ता भएको थियो।

    जोशीले सोमबार अपराह्न धरौटी बुझाइसकेका छन्।
    यसअघि सोही सहकारी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले ६० लाख रुपैयाँ धरौटी बुझाएर रिहा भइसकेका छन् ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend