काठमाडौँ । सगरमाथा लुम्विनी इन्स्योरेन्स लिमिटेड (सलिको) ले मधेस प्रदेशका ८ वटै जिल्लामा न्यानो कम्बल बितरण गरेको छ ।
कम्पनीले सोमबार पर्सा जिल्ला पकाहमैनपुर गाउँ पालिका ४ मा विभिन्न वर्गका ७० जनालाई कम्मल वितरण गरेको हो ।
उक्त कार्यक्रममा वडा नं ४ का वडा अध्यक्ष भेडी प्रसाद यादव,नेपाल बीमा प्राधिकरण, मधेस प्रदेशका सहायक निर्देशक रोशन महासेठ, सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका मधेस प्रदेश प्रमुख निशान्त कुमार लामिछानेले , शाखा प्रमुख संदिप सिंह ठकुरी, समाजसेवी अयोध्या प्रसाद चौहान लगायतको उपस्थिति रहेको थियो ।

