२०८३, आश्विन २१ गते

images

एनआईसी, प्रभु र हिमालयन बैंक राष्ट्र बैंकको कारबाहीमा

एनआईसी, प्रभु र हिमालयन बैंक राष्ट्र बैंकको कारबाहीमा

मंगलवार, माघ ८ २०८१०८:२४
मंगलवार, माघ ८ २०८१०८:२४
  • images

    काठमाडौं । नेपाल राष्ट्र बैंकले तीन वटा वाणिज्य बैंकलाई कारबाही गरेको छ । बैंकले चालु आर्थिक बर्षको दोस्रो त्रैमासमा निर्देशनविपरीत काम गर्ने प्रभु बैंक, हिमालयन बैंक र एनआईसी एसिया बैंकलाई कारबाही गरेको हो।

    राष्ट्र बैंकले  बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ को देहाय बमोजिमका विभिन्न दफाहरूको पालना नगरेकाले नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडको सञ्चालक समिति र नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम प्रभु बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक शेरचनलाई सचेत गराएको छ  ।

    त्यस्तै , राष्ट्र बैंकले  एकीकृत निर्देशन २०८० निर्देशन नं. २ को बुँदा नं. १ (ख) बमोजिम कर्जा सापटको वर्गीकरण भाखा नाघेको अवधिका आधारमा नगरी कर्जा नोक्सानी सम्बन्धी व्यवस्थाहरुको पालना नगरेकोले हिमालयन बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत अशोक राणालाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २(क) बमोजिम सचेत गराएको छ।

    त्यसैगरी,  राष्ट्र बैंकले एनआईसी एसिया बैंक लिमिटेडका संचालक समिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नसिहत दिएको छ।

    बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको छ ।

    आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी प्रमुख कार्यकारी अधिकृत  रोशन कुमार न्यौपाने, अध्यक्ष श्री तुलसीराम अग्रवाल, संचालक श्री त्रिलोकचन्द्र अग्रवाल तथा संचालक श्री रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिएको छ ।

    1.jpeg
    undefined
    2.jpeg
    undefined
    3.jpeg
    undefined
    4.jpeg
    undefined
    5.jpeg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend