२०८३, आश्विन २१ गते

images

संस्थागत सुशासनमा कमजोर एनआईसी एशिया बैंकः फेरि चार कारण देखाउँदै राष्ट्र बैंकको कारबाही

संस्थागत सुशासनमा कमजोर एनआईसी एशिया बैंकः फेरि चार कारण देखाउँदै राष्ट्र बैंकको कारबाही

मंगलवार, माघ ८ २०८११०:१९
मंगलवार, माघ ८ २०८११०:१९
  • images

    काठमाडौं । एनआईसी एशिया बैंक संस्थागत सुशासनमा झन् पछि झन् कमजोर बनेको छ । नेपाल राष्ट्र बैंकले विभिन्न ४ कारण देखाउँदै बैंकलाई कारबाही गरेको छ ।  राष्ट्र बैंकले एनआईसी एसिया बैंक लिमिटेडका संचालक समिति सदस्य र बैंकका प्रमुख कार्यकारी अधिकृत रोशन कुमार न्यौपानेलाई नसिहत दिएको छ।

    बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्वद्ध संस्थाहरुलाई प्रकाशित व्याजदरभन्दा बढी व्याज प्रदान गरेको, बैंकका संचालक, निजहरुका परिवारका सदस्य एवम् सम्बद्ध संस्थाहरुको मुद्दती निक्षेप खाता खोल्दा कतिपय खातामा पुरानो मिति कायम गरी खोलेकोमा यस बैंकको निर्देशन बमोजिम बढी प्रदान भएको व्याज रकम फिर्ता गराएको छ ।

    आगामी दिनमा यस प्रकारका कार्य नगर्ने गरी प्रमुख कार्यकारी अधिकृत  रोशन कुमार न्यौपाने, अध्यक्ष श्री तुलसीराम अग्रवाल, संचालक श्री त्रिलोकचन्द्र अग्रवाल तथा संचालक श्री रामचन्द्र संघाइलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ (दोश्रो संशोधन सहित) को दफा १०० को उपदफा २(क) बमोजिम नसिहत दिएको छ ।

    NIccc.JPG
    undefined

    4.jpeg

    5.jpeg

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend