२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • अछाममा एमालेलाई धक्का, भीम रावलको समर्थनमा...

अछाममा एमालेलाई धक्का, भीम रावलको समर्थनमा उभिए १ हजार ८१ जना

अछाममा एमालेलाई धक्का, भीम रावलको समर्थनमा उभिए १ हजार ८१ जना

मंगलवार, माघ ८ २०८१०२:०६
मंगलवार, माघ ८ २०८१०२:०६
  • images

    काठमाडौं । नेकपा (एमाले)लाई अछाममा ठूलो धक्का लागेको छ । नेता भीम रावलको पक्षमा अछाममा एकै पटक १ हजार ८१ जना नेता तथा कार्यकर्ता उभिएका छन् । मंगलबार सामूहिक विज्ञप्ति निकाल्दै उनीहरुले रावल नेतृत्वको मातृभूमि जागरण अभियानलाई समर्थन जनाएका हुन् ।

    रावलको अभियानमा समाहित भएकामध्ये एमालेको सुदूरपश्चिम प्रदेश विभागका सातजना सदस्य छन् । यस्तै, केन्द्रीय विभागका दुईजना, जिल्ला कमिटी सचिालय सदस्य पाँचजना, प्रवास केन्द्रीय प्रतिनिधि परिषद् एकजना सदस्य छन् ।

    यसैगरी, जिल्ला कमिटी सदस्य १७ जना, पूर्वजिल्ला कमिटी सदस्य तीनजना र जिल्ला सल्लाहकार सदस्य १३ जनाले पनि रावललाई साथ दिएका हुन् ।

    रावलको पक्षमा एमालेका नगर कमिटी पदाधिकारी तथा सचिवालय सदस्य १२ जना, अनेम संघ कार्यवाहक जिल्ला अध्यक्ष, जनवर्गीय संगठनका प्रमुख तथा पदाधिकारी आठ जना, वडा कमिटी अध्यक्ष, पदाधिकारी २२ जना, संगठित सदस्य ६ सय ३७ जना र एमालेका अरु संगठित सदस्यसहित एक हजार ८६ जना छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend