२०८३, आश्विन २१ गते

images

असार मसान्तभित्र बाँकी विवरण बुझाए ९० प्रतिशत जरीवाना छुट

असार मसान्तभित्र बाँकी विवरण बुझाए ९० प्रतिशत जरीवाना छुट

बुधवार, माघ ९ २०८१०२:१५
बुधवार, माघ ९ २०८१०२:१५
  • images

    काठमाडौं । आगामी असार मसान्तभित्र कुनै पनि कम्पनीले दर्ता हुँदाका बखत बुझाउन बाँकी विवरणहरु बुझाएमा ९० प्रतिशत जरीवाना छुट दिइने भएको छ। 

    कम्पनी रजिस्ट्रारको कार्यालय त्रिपुरेश्वरले एक सूचना जारी गर्दै कम्पनी दर्ता हुँदाका समयमा बुझाउन बाँकी कुनै पनि विवरण, सूचना वा जानकारी २०८२ असार मसान्तभित्र बुझाएमा ढिला बुझाएवापत लाग्ने जरीवानामा ९० प्रतिशतसम्म छुट दिने बताएको हो। 

    पुस २९ गते जारी भएको आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेशअनुसार उक्त सूचना जारी गरिएको कार्यालयले जनाएको छ। 

    यसरी विवरण बुझाउँदा जरीवाना लाग्ने करम वा कम्पनीको चुक्ता पुँजीको शून्य दशमलव ५ प्रतिशतले हुन आउने रकममध्ये जुन कम हुँदा आउँछ सो रकमसमेत संलग्न गरी बुझाउनसमेत आग्रह गरेको छ।

    com[.jpg
    undefined

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend