२०८३, आश्विन २१ गते

images

उच्च अंकले बढ्यो सेयरबजार, ९ अर्ब २० करोड बढीको कारोबार

उच्च अंकले बढ्यो सेयरबजार, ९ अर्ब २० करोड बढीको कारोबार

बुधवार, माघ ९ २०८१०३:२४
बुधवार, माघ ९ २०८१०३:२४
  • images

    काठमाडौँ । बुधबार सेयर बजार उच्च अंकले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक ५२.३६ अंकले बढेर २६६५ को बिन्दुमा पुगेर बजार बन्द भएको हो ।

    बुधबार ३२२ कम्पनीको १ करोड ७६ लाख ९२ हजार ८ सय १९ कित्ता सेयर किनबेच हुँदा ९ अर्ब २० करोड ३० लाख ८८ हजार रुपैयाँ बराबरको कारोबार भएको छ भने अघिल्लो दिन ६ अर्ब १९ करोड बढीको कारोबार भएको थियो ।

    बुधबार १९६ कम्पनीको सेयर मूल्य बढ्दा ३७ कम्पनीको सेयर मूल्य घटेको छ भने ९ कम्पनीको सेयर मूल्य स्थिर रहेको छ ।

    बुधबार एनआरएन इन्फ्राइष्ट्रक्चरको सर्वाधिक कारोबार भएको छ । कम्पनीको ६१ करोड ३६ लाख बढी संकलन भएको छ । कम्पनीको सेयर प्रतिकित्ता १ हजार २ सय ७.८० रुपैयाँ पुगेको छ ।

    बुधबार कर्पोरेट डेभलपमेन्ट बैंक र दोल्ती पावर कम्पनीको सेयर मूलयमा सकारात्मक सर्किट लागेको छ भने १ कम्पनीको सेयर मूलय ८.२१ अंकले घटेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend