२०८३, आश्विन २१ गते

images

१५ बैंक तथा वित्तीय संस्थाका सीईओलाई राष्ट्र बैंकको कारबाही

१५ बैंक तथा वित्तीय संस्थाका सीईओलाई राष्ट्र बैंकको कारबाही

बुधवार, माघ ९ २०८१०५:२८
बुधवार, माघ ९ २०८१०५:२८
  • images

    काठमाडौँ । सहुलियतपूर्ण कर्जा दुरुपयोग गर्ने ७ विकास बैंक र ८ वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतलाई नेपाल राष्ट्र बैंकले कारबाही गरेको छ । केन्द्रीय बैंकले १५ वित्तीय संस्थाका सीईओलाई एकैपल्ट ग¥यो कारबाही गरेको हो ।

    चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ‘ख’ र ‘ग’ वर्गका संस्थालाई गरेको कारबाही विवरणमा यस्तो उल्लेख छ । उनीहरु सबैलाई केन्द्रीय बैंकले सचेत गराएको छ ।

    केन्द्रीय बैंकले पुनरकर्जा, व्यावसायिक निरन्तरता कर्जा र सहुलियतपूर्ण कर्जाको सदुपयोगिताको अध्ययन गर्न विज्ञ नियुक्त गरी अध्ययन गरेको थियो । सो अध्ययन प्रतिवेदनका अनुसार यी संस्थाबाट प्रवाह भएका कर्जाहरुमध्ये दुरुपयोग भएको वा दुरुपयोगको आशंका भएको भनी कैफियत जनाएका कर्जाहरुको सम्बन्धमा सम्बन्धित संस्थालाई सोधिएको थियो । सम्बन्धित विकास बैंक र वित्त कम्पनी आफैंले आफूले दिएका केही सहुलियपूर्ण कर्जा सदुपयोग नभएको बताएका थिए ।

    यो कार्यले सहुलियतपूर्ण कर्जासम्बन्धी मार्गदर्शन र राष्ट्र बैंकबाट जारी सो सम्बन्धी निर्देशन उल्लंघन भएको केन्द्रीय बैंकको भनाइ छ । सोहीअनुसार राष्ट्र बैंकले ७ वटा विकास बैंक र ८ वित्त कम्पनीका प्रमुख कार्यकारी अधिकृतहरुलाई नेपाल राष्ट्र बैंक ऐन, २०५८ को दफा १०० को उपदफा २ को खण्ड (क) बमोजिम सचेत गराएको हो ।

    विकास बैंकतर्फः
    १. लुम्बीनी विकास बैंक लि.
    २. महालक्ष्मी विकास बैंक लि.
    ३. कामना सेवा विकास बैंक लि.
    ४. मुक्तीनाथ विकास बैंक लि.
    ५. सालपा विकास बैंक लि.
    ६. गरिमा विकास बैंक लि.
    ७. सप्तकोशी डेभलपमेण्ट बैंक लि.

    वित्त कम्पनीतर्फः
    १. समृद्धि फाइनान्स कम्पनी लि.
    २. पोखरा फाइनान्स लि.
    ३. प्रोग्रेसिभ फाइनान्स लि.
    ४. आइ।सि।एफ।सि फाइनान्स लि.
    ५. जानकी फाइनान्स कम्पनी लि.
    ६. सेन्ट्रल फाइनान्स लि.
    ७. रिलायन्स फाइनान्स लि.
    ८. गुडविल फाइनान्स लि.

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend