२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविलाई बिहीबार उपस्थित हुनेगरी परिवारको जिम्मा...

रविलाई बिहीबार उपस्थित हुनेगरी परिवारको जिम्मा लगाउन आदेश

रविलाई बिहीबार उपस्थित हुनेगरी परिवारको जिम्मा लगाउन आदेश

बुधवार, माघ ९ २०८१०६:०२
बुधवार, माघ ९ २०८१०६:०२
  • images

    काठमाडौं ।  रुपन्देही जिल्ला अदालतले पूर्व गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेलाई बिहीबार उपस्थित हुने गरी श्रीमती निकिता पौडेल लामिछाने र कानुन व्यवसायीलाई जिम्मा लगाउने आदेश दिएको छ ।

    भोलि बिहान १० बजे अदालत उपस्थित हुनेगरी लामिछानेलाई श्रीमती निकिता र कानून व्यवसायीको जिम्मा लगाउन न्यायाधीश प्रल्हाद कुमार योगीको इजलासले आदेश दिएको अदालतका सुचना अधिकारी अनन्तराज मरासिनीले बताए ।

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणमा मुछिएका लामिछानेको रुपन्देही जिल्ला अदालतमा बयान सकिएपछि अदालतले यस्तो आदेश दिएको हो ।

    सुप्रिम सहकारी ठगी प्रकरणमा मुद्दा दायर भएपछि बयानका लागि उनी आज अदालत उपस्थित भएका थिए ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend