२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रवि विरुद्ध आजदेखि रुपन्देही जिल्ला अदालतमा...

रवि विरुद्ध आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस

रवि विरुद्ध आजदेखि रुपन्देही जिल्ला अदालतमा थुनछेक बहस

बिहिवार, माघ १० २०८१०८:४६
बिहिवार, माघ १० २०८१०८:४६
  • images

    काठमाडौँ । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।

    सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन् ।

    हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थिए ।

    बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ । आजबाट कानुन व्यवसायीहरू थुनछेक बहसमा सहभागी हुनेछन् ।

    बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन लामिछाने आज अदालतमा उपस्थित हुँदैछन् । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो ।

    सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।

    प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो ।

    लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend