२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • समस्याउन्मुख पोखरा फाइनान्स मर्जरमा जाने, खोज्यो...

समस्याउन्मुख पोखरा फाइनान्स मर्जरमा जाने, खोज्यो पार्टनर

समस्याउन्मुख पोखरा फाइनान्स मर्जरमा जाने, खोज्यो पार्टनर

बिहिवार, माघ १० २०८१११:४०
बिहिवार, माघ १० २०८१११:४०
  • images

    काठमाडौँ । पोखरा फाइनान्सले मर्जर तथा प्राप्ति प्रक्रियालाई तीव्रता दिन मर्जर समिति गठन गरेको छ। कम्पनीको माघ ९ गते बसेको सञ्चालक समितिको बैठकले यो निर्णय गर्दै आगामी दिनमा उपयुक्त बैंक वा वित्तीय संस्थासँग मर्जर प्रक्रिया अगाडि बढाउने योजना सार्वजनिक गरेको हो।

    सञ्चालक समितिले हालै सम्पन्न साधारण सभाको निर्णय अनुसार मर्जर वा प्राप्ति प्रक्रियालाई अघि बढाउने जिम्मा पाएको थियो। उक्त निर्णयले उपयुक्त बैंक तथा वित्तीय संस्थासँग समाहित, गाभ्ने वा गाभिने प्रक्रियामा पहल गर्न अनुमति दिएको छ। यसलाई कार्यान्वयन गर्न कम्पनीले विशेष समिति गठन गरी आवश्यक तयारी सुरु गरेको हो।

    हालको कमजोर वित्तीय अवस्था र समस्याग्रस्त अवस्थामा पुगेपछि पोखरा फाइनान्सले सम्भावित समाधानका रूपमा मर्जरको बाटो रोजेको हो।

    pokhara finance.JPG

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend