२०८३, आश्विन २१ गते

images

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

साताको अन्तिम कारोबार दिन दोहोरो अंकले घट्यो नेप्से परिसूचक

बिहिवार, माघ १० २०८१०३:२१
बिहिवार, माघ १० २०८१०३:२१
  • images

    काठमाडौँ । साताको अन्तिम कारोबार दिन सेयर बजार दोहोरी अंकले घटेको छ । सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । बजारमा गिरावटसँगै कारोबार रकम पनि घटेको छ ।

    बिहीबार नेप्से परिसूचक ११.१० अंकले घटेर परिसूचक २६५४.३५ बिन्दु कायम भएको छ ।

    आज ३१८ कम्पनीको १ करोड ५१ लाख ४ हजार ३३ कित्ता सेयर ७ अर्ब ८५ करोड ७७ लाख ९२ हजार ३२६ रुपैयाँको सेयर किनबेच भएको छ । कारोबारमा विकास बैंक र उत्पादन तथा प्रशोधन समूहको उपसूचक बढेको छ भने बाँकी सबै समूहको उपसूचक राताम्मे भएका छन् । ७ वटा विकास बैंकको सेयर मूल्य बढेको छ भने ७ वटाको घटेको छ ।

    कारोबारमा तीन कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सामुदायिक लघुवित्त, कर्पोरेट डेभलपमेन्ट बैंक, सिक्लेस हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको हो । यस्तै सुपरमादी हाइड्रोपावर र मन्दाकिनी हाइड्रोपावर कम्पनीको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend