२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • बिहीबार पनि सकिएन रविको थुनछेक बहस,...

बिहीबार पनि सकिएन रविको थुनछेक बहस, शुक्रबार उपस्थित हुनेगरी परिवारको जिम्मा लगाईयो

बिहीबार पनि सकिएन रविको थुनछेक बहस, शुक्रबार उपस्थित हुनेगरी परिवारको जिम्मा लगाईयो

बिहिवार, माघ १० २०८१०४:५३
बिहिवार, माघ १० २०८१०४:५३
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेको थुनछेक बहस हेर्दाहेर्दैमा राखिएको छ । जिल्ला अदालत रुपन्देहीमा जारी बहस नसकिएपछि शुक्रबार पुनः उपस्थित हुनेगरी उनलाई परिवारको जिम्मा लगााईएको हो । 

    बुटवलको सुप्रिम सहकारी ठगी प्रकरणका प्रतिवादी लामिछाने हिजो अदालत उपस्थित भएका थिए । हिजो उनको बयान भएको थियो भने आजबाट थुनछेक बहस सुरु गरिएको हो ।

    जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा उनको बहस भइरहेको छ । आज पनि उनलाई परिवारको जिम्मा लगाउने आदेश भएको अदालत स्रोतले जानकारी दिएको छ ।

    बिहीबार सरकारी वकिलहरूले थुनछेक बहस गरेका थिए । सरकारी वकिलहरूको बहस सकिएपछि पीडितका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए ।

    पीडितका तर्फबाट बहस गर्न रुपन्देही पुगेका अर्का वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारीले भने भोलि मात्रै बहस गर्नेछन् ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend