२०८३, आश्विन २१ गते

images

बुटवल–गोरुसिङ्गे सडक विस्तार शिलान्यास हुँदै

बुटवल–गोरुसिङ्गे सडक विस्तार शिलान्यास हुँदै

सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१०८:१२
सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१०८:१२
  • images

    काठमाडौँ । पूर्वपश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड विस्तारको शिलान्यास आज गरिँदै छ ।

    प्रधानमन्त्री केपी शर्मा ओलीले बुटवलको जितगढीमा आयोजना हुने एक समारोहका बीच सडक विस्तारको शिलान्यास गर्नेछन् ।तत्कालीन राजा महेन्द्रको पालामा २०१९ सालमा बनेको पूर्वपश्चिम राजमार्गअन्तर्गत बुटवल–गोरुसिङ्गे सडकखण्ड ६२ वर्षपछि स्तरोन्नति एवम् विस्तार हुन लागेको हो ।

    सडक विस्तार भएपछि शहरी क्षेत्रमा ५० मिटर, शहरोन्मुख क्षेत्रमा ३७ दशमलब ४ मिटर र जंगल क्षेत्रमा २४ मिटर चौडा कायम हुनेछ । हाल यो सडकखण्ड दुई लेनको छ ।

    बुटवल–गोरुसिङ्गे सडक विस्तार गर्दा बुटवल–नारायणगढ सडकखण्डमा जस्तो सबै पिच एकैपटक भत्काइने छैन । सबै सडक भत्काउँदा यात्रा कष्टकर हुने भएकाले सुरुमा दुवै छेउँका सडक बनाइसकेपछि मात्र बीचको भाग भत्काएर काम गरिने बुटवल–गोरुसिङ्गे सडक आयोजना कार्यालय बुटवलकी प्रमुख कुशलता न्यौपानेले बताइन् ।

    सडक विस्तारका क्रममा आवश्यक पर्ने निर्माण सामग्री ठाउँ–ठाउँमा भण्डारण गर्ने, सडक क्षेत्राधिकारमा पर्ने संरचना हटाउने, कटान गर्ने रुख गणना गर्ने तथा पुल र ‘अन्डर पास’ बन्ने स्थानका माटो परीक्षण लगायत पूर्व तयारीका सबै काम सम्पन्न भइसकेका छन् । 

    उनका अनुसार ५० किलोमिटर सडकखण्डलाई दुई चरणमा २५/२५ किलोमिटर छुट्याएर विस्तार गर्न लागिएको हो ।

    तीन वर्षभित्र काम सक्ने सर्तमा चिनियाँ निर्माण कम्पनी सान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ गु्रप कर्पोरेसन र चितवनको आशिष निर्माण सेवा जेभीले सडक विस्तारको ठेक्का पाएका छन् ।

    ती कम्पनीले लागि १३ अर्ब ५५ करोड ९५ लाख ९६ हजार रुपियाँमा गत असार १३ गते ठेक्का पाएका थिए । पहिलो चरणका लागि सात अर्ब ८९ करोड ४३ लाख र दोस्रो चरणका लागि पाँच अर्ब ६६ करोड २२ लाखमा ठेक्का लागेको हो ।

    यो सडकमा गाडी गुडाउन मिल्ने छ वटा ‘अन्डर पास’, पैदलयात्रुका लागि १२ वटा ‘अन्डर पास’ र ११ वटा ओभरहेड ब्रिज र वन्यजन्तु वारपार गर्ने ठाउँमा १९ वटा ‘अन्डर पास’ बनाइने छ ।

     
     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend