२०८३, आश्विन २१ गते

images
  • समाचार
  • जाहेरवाला र रविका वकिलले आज बहस...

जाहेरवाला र रविका वकिलले आज बहस गर्दै

जाहेरवाला र रविका वकिलले आज बहस गर्दै

शुक्रवार, माघ ११ २०८१०८:३८
शुक्रवार, माघ ११ २०८१०८:३८
  • images

    काठमाडौं । सुप्रिम सहकारी ठगीमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि बहस हुने भएको छ । 

    रूपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबार सरकारी वकिलका तर्फबाट सातजना र जाहेरवालाका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले बहस गरेका थिए । बहस नसकिएकाले आज पनि बहस हुन लागेको हो ।

    लामिछानेविरुद्धको मुद्दामा शुक्रबार सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता डा. सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन् ।

    लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन् ।

    त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन् ।

    बुधबार नै अदालतमा हाजिर भएका लामिछानेलाई इजलासले पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मा लगाउने आदेश गरेको थियो । 

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend