२०८३, आश्विन २१ गते

images
  • समाचार
  • चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल...

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष मल्ल वाणिज्य सेवा पदकबाट सम्मानित

सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१११:०५
सीएनएन खबर
शुक्रवार, माघ ११ २०८१११:०५
  • images

    काठमाडौँ । नेपाल चेम्बर अफ कमर्सका निवर्तमान अध्यक्ष एवं नेपाल निर्जीवन व्यवसायी संघका अध्यक्ष राजेन्द्र मल्ल विशिष्ट वाणिज्य सेवा पदकबाट सम्मानित भएका छन् । तेस्रो विराट म्यूजिक एण्ड फिल्म अवार्ड २०८१ को अवसरमा मल्ल सम्मानित भएका हुन् । व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको कदर स्वरुप मल्ल सम्मानित भएका हुन् । उनी ४० वर्षदेखि व्यवसायिक क्षेत्रमा सक्रिय र नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।

    व्यवसायिक नेतृत्वमा रहेर सामाजिक क्षेत्रमा मल्लले गरेको योगदानको कदर स्वरुप चेम्बरका निवर्तमान अध्यक्ष मल्ललाई सम्मान गरिएको आयोजकले बताएका छन । अध्यक्ष मल्लले कर्पोरेट संगै सामाजिक क्षेत्रमा पनि विभिन्न अभियान चलाउँदै आएका छन् । सम्मानित चेम्बर निवर्तमान अध्यक्ष मल्लले कर्पोरेट क्षेत्रबाट सामाजिक क्षेत्रमा थप काम गर्नका लागि प्रेरणा मिलेको बताए ।

    पूर्व भौतिक पूर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वाला र चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसीले मल्ललाई संयुक्त रुपमा सम्मान गरे । मल्लले नेपालको व्यापार र उद्योग क्षेत्रको विकासमा पुर्याएको योगदानको प्रशंसा गर्दै यो सम्मान पत्र प्राप्त गरिएको हो ।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend