काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यमा देखिएको समस्या समाधान नभएपछि आजका लागि तय भएका रुपन्देही र पाल्पाका कार्यक्रम स्थगित भएका छन् ।
प्रधानमन्त्री ओली घाटीमा समस्या देखिएर बोल्न गाह्रो भएपछि बुधबारदेखि प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारबाट बाहिर निस्किएका छैनन् ।
चिकित्सकहरूले घर बाहिर ननिस्कन भनेपछि प्रधानमन्त्री ओलीले रुपन्देही र पाल्पा जाने कार्यक्रम स्थगित गरेका हुन् । चिसोका कारण स्वास्थ्यमा समस्या देखिएपछि बुधबारदेखि उनी औपचारिक कार्यक्रममा सहभागी भएका छैनन् । प्रधानमन्त्री ओलीले आजका लागि तय कार्यक्रम पनि भर्चुअल माध्यमबाट सम्बोधन गर्ने उनको सचिवालयले जानकारी दिएको छ ।

