२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • शुक्रबार सकिएन रविको थुनछेक बहस, आइतबार...

शुक्रबार सकिएन रविको थुनछेक बहस, आइतबार उपस्थित हुनेगरी परिवारको जिम्मामा छोडियो

शुक्रबार सकिएन रविको थुनछेक बहस, आइतबार उपस्थित हुनेगरी परिवारको जिम्मामा छोडियो

शुक्रवार, माघ ११ २०८१०५:४४
शुक्रवार, माघ ११ २०८१०५:४४
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्ध सहकारी ठगीको मुद्दामा थुनछेक बहस शुक्रबार पनि सकिएन । जिल्ला अदालत रुपन्देहीमा बहस नसकिएपछि न्यायाधीशले आइतबार पुनः उपस्थित हुने गरी लामिछानेलाई छोडेका छन् ।

    आज जाहेरीकर्ताको तर्फबाट तीन जना र प्रतिवादीको तर्फबाट तीन वकिलले बहस गरेका थिए । जाहेरीकर्ताका तर्फबाट सुरेन्द्र भण्डारी, आरसी गौतम र सैलेन्द्र कुमार यादवले बहस गर्दै लामिछानेलाई थुनामा पठाउन माग गरे ।

    प्रतिवादी तर्फबाटका वकिलले लामिछानेलाई साधारण तारेखमा छोड्नुपर्ने जिकिर गरेका थिए । बुटवलको सुप्रिम सहकारी ठगी मुद्दा परेपछि लामिछाने आफैँ जिल्ला अदालतमा उपस्थित भएका थिए । 

    यसअघि सहकारी ठगीकै मुद्दामा उनी जिल्ला अदालत कास्की र काठमाडौंमा धरौटी बुझाएर रिहा भएका थिए । 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend