२०८३, आश्विन २१ गते

images
  • अर्थतन्त्र
  • राजस्व विभागको प्रणाली ह्याकः  भाटभटेनीको कर...

राजस्व विभागको प्रणाली ह्याकः  भाटभटेनीको कर सात करोड बढाएको आरोपमा दुई पक्राउ

राजस्व विभागको प्रणाली ह्याकः  भाटभटेनीको कर सात करोड बढाएको आरोपमा दुई पक्राउ

शुक्रवार, माघ ११ २०८१०८:१०
शुक्रवार, माघ ११ २०८१०८:१०
  • images

    काठमाडौं । आन्तरिक राजस्व विभागको एकीकृत कर प्रणाली ह्याक गरी करको रकम फरक देखाउने अपराध गरेको आरोपमा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ। चितवनको भरतपुरस्थित बिहादी बिजनेस मेनेजमेन्टमा कार्यरत १८ वर्षीय सन्तोष पराजुली र २२ वर्षीय परिन पाण्डे छन्। केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले उनीहरूमाथि साइबर अपराध मुद्दामा कारबाही अघि बढाएको छ। 

    उनीहरूले भाटभटेनी सुपरमार्केटको एकीकृत कर प्रणालीको युजरनेम र पासवर्ड ह्याक गरी कर रकम फरक देखाएका छन्। भाटभटेनीले दुई अर्ब ३४ करोड १६ लाख रुपैयाँबराबरको कारोबारबाट ६ करोड २६ लाख ९४ हजार कर तिर्नुपर्ने थियो । तर, उनीहरूले सिस्टम नै ह्याक गरी त्यसलाई १३ करोड नौ लाख ५९ हजार बनाइदिएका थिए । 

    भाटभटेनीका लेखापरीक्षकले सो विषयमा राजस्व अनुसन्धानसँग बुझ्दा ह्याकिङ भएको पत्ता लागेको हो । ह्याकिङमा प्रयोग गरिएका ल्यापटप र कम्प्युटर पनि बरामद गरिएको सिआइबीका एसपी सुधीरराज शाहीले बताए । उनका अनुसार उनीहरूले अन्य कम्पनीको पनि यसैगरी कर रकम तलमाथि बनाएको आशंकामा अनुसन्धान अघि बढाइएको छ । 
    पक्राउ परेका अडिट फर्मका दुई सञ्चालक भने फरार छन्। 

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend