काठमाडौँ । सुप्रिम सहकारी ठगी मुद्दा लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने आज (आइतबार) पनि रुपन्देही जिल्ला अदालत उपस्थित हुँदै छन्।
न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा बिहीबारदेखि जारी थुनछेक बहस शुक्रबार पनि नसकिएकाले शनिबार एकदिनको बिदापछि पूर्वगृहमन्त्री लामिछाने आज पनि अदालत जाने भएका हुन्।
थुनछेक बहस नसकिएपछि शुक्रबार उनलाई अदालतले आइतबार ९आज० उपस्थित हुने सर्तमा परिवारको जिम्मा लगाएर पठाएको थियो।
लामिछाने अदालत उपस्थित भएपछि आज पनि उनीतर्फका बाँकी अधिकवक्ताले बहस गर्ने छन्।
यसअघि शुक्रबार प्रतिवादी लामिछानेका तर्फबाट तीन जना कानुन व्यवसायीले बहस गरेका थिए। त्यसअघि सरकारी र जाहेरीवालातर्फका वकिलले बहस सकेका थिए।
गत बुधबार आफैँ अदालत हाजिर भएका रविको त्यस दिन बयान मात्र सकिएपछि बिहीबार थुनछेक बहस थालिएको थियो।

