२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रविलाई धरौटीमा छोड्न रुपन्देही जिल्ला अदालतको...

रविलाई धरौटीमा छोड्न रुपन्देही जिल्ला अदालतको आदेश, कति मागियो रकम ?

रविलाई धरौटीमा छोड्न रुपन्देही जिल्ला अदालतको आदेश, कति मागियो रकम ?

आइतवार, माघ १३ २०८१०६:४१
आइतवार, माघ १३ २०८१०६:४१
  • images

    काठमाडौँ । सहकारी ठगीको आरोपमा जिल्ला अदालत, रुपन्देहीले पनि रवि लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको छ ।

    बुटवलको सुप्रिम सहकारीमा बचतकर्ताले राखेको रकम अनियमिततामा संलग्न रहेको आरोप लागेका लामिछानेलाई अदालतले १ करोड धरौटीमा छाड्न आदेश दिएका हुन् ।

    न्यायाधीश प्रल्हादकुमार योगीको इजलासमा भएको थुनछेक बहसमा सरकारी वकिलहरूले लामिछाने बाहिर रहँदा पीडितहरुको न्याय प्रभावित हुने भन्दै थुनामा पठाउनुपर्ने जिकिर गरेका थिए । तर, लामिछाने पक्षका वकिलहरूले राज्यले प्रतिशोध साँधेको जिकिर गरेका थिए ।

    लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend