२०८३, आश्विन २१ गते

images

रूपन्देही अदालतले भन्यो-कसुर नगरेको आधार देखिएन

रूपन्देही अदालतले भन्यो-कसुर नगरेको आधार देखिएन

आइतवार, माघ १३ २०८१०८:०१
आइतवार, माघ १३ २०८१०८:०१
  • images

    काठमाडौं । रूपन्देही जिल्ला अदालतले सुप्रिम सहकारी ठगी मुद्दामा रवि लामिछानेले कसुर नगरेको आधार नदेखिएको ठहर गरेको छ। सुप्रिम सहकारी ठगी मुद्दामा लामिछानेलाई १ करोड धरौटीमा छाड्न आदेश गर्दै न्यायाधीश प्रह्लादकुमार योगीले उक्त मुद्दामा लामिछानेले कसुर नगरेको विश्वास गर्नुपर्ने  मनासिव आधार नगरेको ठहर गरेको हो। न्यायाधीश योगीले तत्काल प्रमाण प्राप्त प्रमाणबाट र पछि परीक्षण गर्दै जाँदा ठहरेबमोजिम हुने गरी हाललाई धरौटीमा छाड्न आदेश दिएका हुन्।

    '...मिसिलसम्बन्धी तत्काल प्राप्त प्रमाणबाट यी प्रतिवादीले आरोपित कसुर नगरेको विश्वास गर्नुपर्ने मनासिव आधार नदेखिँदा पछि प्रमाण परीक्षण गर्दै जाँदा ठहरे बमोजिम हुने गरी हाललाई यी प्रतिवादी रवि लामिछानेलाई मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को दफा ७४ बमोजिम रु. एक करोड नगद धरौट, जायजेथा जमानत वा सर्तरहित बैंक ग्यारेन्टी लिई तारेखमा राख्नू, बुझाउन नसके पुर्पक्षका लागि थुनामा राख्न स्थानीय कारागारमा पठाउनू,’ आदेशमा भनिएको छ।

    यसअघि दुईवटै अदालतले पनि लामिछानेलाई धरौटीमा छाड्दा कसुर नगरेको भन्ने आधार नदेखिएको ठहर गरेको थियो। यसअघि पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की अदालतले लामिछानेलाई ६५ लाख धरौटीमा छाड्न आदेश गरेको थियो।

    काठमाडौंको स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दामा काठमाडौं जिल्ला अदालतले लामिछानेलाई ६० लाख धरौटीमा छाड्न आदेश गरेको थियो।

     

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend