२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • प्रभु बैंक ग्यारेन्टी बसेपछि रिहा भए...

प्रभु बैंक ग्यारेन्टी बसेपछि रिहा भए लामिछाने, तीन अदालतमा बुझाए २ करोड २५ लाख

प्रभु बैंक ग्यारेन्टी बसेपछि रिहा भए लामिछाने, तीन अदालतमा बुझाए २ करोड २५ लाख

आइतवार, माघ १३ २०८१०८:२६
आइतवार, माघ १३ २०८१०८:२६
  • images

    काठमाडौँ ।  रुपन्देही जिल्ला अदालतको आदेशअनुसार १ करोड रुपैयाँ धरौटी बुझाएर रवि लामिछाने रिहा भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति समेत रहेका लामिछानेलाई रुपन्देही जिल्ला अदालतले आइतबार १ करोड रपैयाँ धरौटी माग गरेको थियो । 

    अदालतको आदेश अनुसार प्रभुु बैंक ग्यारेन्टी बसेपछि उनि रिहा भएका हुन् । रुपन्देहीबाट रिहा भएसँगै उनले यसअघि दुई जिल्ला अदालतको आदेश अनुसार १ करोड २५ लाख रुपैयाँ धरौटी बुझाइसकेका छन् । उक्त दुबै अदालतमा प्रभु बैंक नै ग्यारेन्टर बसेको थियो ।

    लामिछानेलाई यसअघि पोखराको सूर्यदर्शन सहकारी प्रकरणमा कास्की जिल्ला अदालतले ६५ लाख र कालिमाटीको स्वर्णलक्ष्मी सहकारी प्रकरणमा काठमाडौं जिल्ला अदालतले ६० लाख धरौटीमा रिहा गर्न आदेश गरेको थियो ।

    सहकारी ठगीको प्रकरणमा उनीविरुद्द चितवन र पर्सामा पनि अनुसन्धान भइरहेको छ । अब उनले यी दुई जिल्लामा पनि उपस्थित हुनुपर्नेछ । तर, यी दुई जिल्लामा उनीविरुद्द मुद्दा भने दायर भइसकेको छैन ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend