२०८३, आश्विन २१ गते

images
  • राजनीति
  • रास्वपाको सचिवालय बैठक बस्दै, के छन्...

रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

रास्वपाको सचिवालय बैठक बस्दै, के छन् एजेण्डा ?

सीएनएन खबर
सोमवार, माघ १४ २०८१०७:४०
सीएनएन खबर
सोमवार, माघ १४ २०८१०७:४०
  • images

    काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सचिवालय बैठक आज बस्दैछ । बैठक बिहान साढे ११ बजे पार्टी कार्यालय वनस्थली, काठमाडौंमा बस्ने कार्यवाहक प्रवक्ता प्रतिभा रावलले जानकारी दिएकी छन् ।

    बैठकमा समसामयीक राजनीति र पार्टी गतिविधि, विभिन्न नियमावलीहरू (विभाग सञ्चालन नियमावली २०८१ संशोधन प्रस्ताव) र नयाँ नियमावलीहरु प्रस्ताव (संगठन विभाग नियमावली २०८१, निर्वाचन आयोगको नियमावली २०८१, प्रवास नेपाली सम्पर्क विभागको नियमावली २०८१, र्‍याट विभाग नियमावली २०८१) मा छलफल हुने कार्यसूची रहेको रावलले जानकारी दिएकी हुन् ।

    उनका अनुसार बैठकमा सातै प्रदेशमा विशेष भेटघाट कार्यक्रम (पदाधिकारीको नेतृत्वमा), स्वतन्त्र जनप्रतिनिधिहरूको रास्वपा आवद्धता विषयमा, संसद अधिवेशन तथा सल्लाहकार परिषद् र केन्द्रीय संगठन विभागमा मनोनयन सम्बन्धमा समेत छलफल हुने एजेण्डा रहेको जनाइएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend