२०८३, आश्विन २२ गते

images
  • अर्थतन्त्र
  • विपक्षीले मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न...

विपक्षीले मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न खोज्योः सत्तापक्षीय दल

विपक्षीले मोर्चाबन्दी गरेर सरकारलाई ढुंगा हान्न खोज्योः सत्तापक्षीय दल

सोमवार, माघ १४ २०८१०९:१३
सोमवार, माघ १४ २०८१०९:१३
  • images

    काठमाडौं । सत्ता पक्षीय दलहरूले संसदका काम कारबाही र सरकारका सकारात्मक कामका बारेमा एक ठाउँमा उभिँदै अघि बढ्ने निष्कर्ष निकालेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सोमबार बसेको ती दलका शीर्ष नेताहरूको बैठकले यस्तो निष्कर्ष निकालेको सत्तारुढ दलका मुख्य सचेतक महेश बर्तौलाले जानकारी दिए । उनले आगामी हिउँदे अधिवेशनलाई प्रभावकारी बनाउन सत्तापक्षका तर्फबाट सक्रिय सहभागितामा जोड दिने सहमति भएका बताए । 

    ‘सिर्जनात्मक र रचनात्मक बहस गर्ने,प्रतिपक्षले गलत ढंगले अनर्गल ढंगले प्रचार गर्न खोजेको छ । मोर्चवन्दी गरेर ढुंगा हान्न खोजेको छ यसका बारेमा पनि सत्तारुढ दलले एकताबद्ध ढंगले अभिव्यक्ति दिने र भुमिका निर्वाह गर्ने सहमति भएको छ’, बर्तौलाले भने, ‘दल विशेष केही सल्लाह गर्नुपर्ने अवस्था आएमा निरन्तर छलफल गर्ने तथा समग्रमा सत्तारुढ दलमा असहमति र असमझदारी छैन भन्नेमा छलफल भएको छ ।’

    बैठकमा अध्यादेशका बारेमा पनि छलफल भएको र बोल्ने नेताहरूले अध्यादेशमा राम्रा कुरा आएको र स्वागतयोग्य रहेको बताएको बर्तौलाको दाबी छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend