२०८३, आश्विन २२ गते

images
  • समाचार
  • देशभर पश्चिमी वायुको प्रभव, कस्तो रहला...

देशभर पश्चिमी वायुको प्रभव, कस्तो रहला आजको मौसम ?

देशभर पश्चिमी वायुको प्रभव, कस्तो रहला आजको मौसम ?

मंगलवार, माघ १५ २०८१०८:३५
मंगलवार, माघ १५ २०८१०८:३५
  • images

    काठमाडौँ । हाल देशको पश्चिमी भागमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको छ ।

    जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी क्षेत्रमा मौसम मुख्यतया सफा रहेको छ । साथै, तराईका धेरै भागहरूमा हुस्सु र कुहिरो लागेको छ ।

    आज दिउँसो कोशी प्रदेश र गण्डकी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ । राति भने कोशी प्रदेशको पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहनेछ ।

    कोशी र मधेश प्रदेशका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो अपराह्नपछि सुधार हुने र सुदूरपश्चिमका तराईका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्याह्नसम्म तथा बाँकी तराईका भागका धेरै स्थानहरुमा लागेको हुस्सु र कुहिरो मध्यान्नपछि क्रमिक रुपमा सुधार हुने सम्भावना रहेको छ । 

    यसको प्रभावले तराई भागको दैनिक जनजीवन, स्वास्थ्य, सडक तथा हवाई यातायातमा प्रभाव पर्न सक्ने हुँदा त्यसबाट हुनसक्ने असरबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend