२०८३, आश्विन २२ गते

images

तोलामा ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

तोलामा ९ सयले घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

मंगलवार, माघ १५ २०८११०:३५
मंगलवार, माघ १५ २०८११०:३५
  • images

    काठमाडौँ । मंगलबार सुनको मूल्य तोलामै ९ सय रुपैयाँले घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको तथ्यांक अनुसार सोमबारको तुलनामा मंगलबार सुनको मूल्य घटेको हो । 

    सोमबार प्रतितोला १ लाख ६० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य मंगलबार घटेसँगै प्रतितोला १ लाख ५९ हजार २ सय रुपैयाँ कायम भएको छ । 

    यस्तै, मंगलबार सुनसँगै चाँदीको मूल्यमा समेत कमी आएको छ । महासंघको तथ्यांक अनुसार मंगलबार तोलामा १५ रुपैयाँले घटेर चाँदी प्रतितोला १ हजार ८ सय ३५ रुपैयाँ तोकिएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend