२०८३, आश्विन २२ गते

images
  • समाचार
  • पारस खड्काले गरे लक्ष्मी हेयर एण्ड...

पारस खड्काले गरे लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोको पाँचौं आउटलेटको उद्घाटन

पारस खड्काले गरे लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोको पाँचौं आउटलेटको उद्घाटन

सीएनएन खबर
मंगलवार, माघ १५ २०८१०२:५१
सीएनएन खबर
मंगलवार, माघ १५ २०८१०२:५१
  • images

    काठमाडौँ । साढे दुई दशकअघि ठमेलबाट सुरु भएको लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोले कमलादीमा पाँचौं आउटलेट सञ्चालनमा ल्याएको छ । स्काइवाक टावर परिसरमा सञ्चालनमा आएको यो स्टुडियोको राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्काले उद्घाटन गरेका छन् ।

    नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्यहरु र अधिकांश सेलिब्रेटीको रोजाइमा रहेको सलुनको उद्घाटन गर्दै खड्काले सलुनले गुणस्तरीय सेवालाई निरन्तरता दिनेमा विश्वास व्यक्त गरे । 

    करिब ‍‍‍‍‍‍‍५० लाख लागतमा सञ्चालनमा ल्याइएको  सलुनले हेयर, नेल, मेकअप, विभिन्न प्रकारका फेसियललगायत महिला र पुरुषका लागि सौन्दर्यसम्बन्धी सम्पूर्ण सेवा दिने लक्ष्मी हेयर एण्ड ब्युटी स्टुडियोका संस्थापक लक्ष्मी ठाकुरले जानकारी दिए ।

    हाल काठमाडौँ उपत्यकामा महाराजगञ्ज, पुलचोक र कलंकीको भाटभटेनी र कमलादीस्थित स्काइवाकमा रहेको सलुनको आउटलेट अब राजधानी बाहिर पनि खोल्ने योजना रहेको लक्ष्मीले बताए । ठमेलबाट सुरु गरेको पहिलो आउटलेट भने अहिले सञ्चालनमा छैन । ग्राहकहरूको मागअनुसार आउटलेट थप गरेको उनको भनाइ छ । सलुनअन्तर्गत नै हेयर, ब्युटी तथा मेकअप र नेल स्पाको तालिम समेत सञ्चालन गरिरहेको लक्ष्मीले बताए ।

    एसएलसीपछि पढाइसँगै काम गर्ने सिलसिलामा जनकपुरबाट मुम्बई पुगेका लक्ष्मीले सलुनको काम उतै सिकेका थिए । लक्ष्मीले विदेश जाने चक्करमा मेनपावरमा फसेको पैसा उठाउन काठमाडौँ बसेकाबेला सुरु गरेको यो पेसा व्यवसाय हुँदै अहिले साढे दुई दशकमा विभिन्न आउटलेट र सौन्दर्य प्रशाधन उत्पादनसम्म पुगेको छ । 

    सलुनकै ब्यवस्थापकले व्यापार बिस्तार गरी उत्पादनमासमेत जोडिएको यो पहिलो उदाहरण भएको लक्ष्मीको भनाइ छ । हाल उनको टिममा सेवा र उत्पादन गरी करिब एक सय जना रोजगारीमा जोडिएका छन् ।

    हेयर एण्ड ब्युटी दुवैमा पोख्त लक्ष्मीले २०७४ सालमा लक्ष्मी हर्बल कम्पनी स्थापना गरी सौन्दर्य प्रशाधनका सामग्री पनि उत्पादन गर्दै आएका छन् । कम्पनीले पुरुषहरूको कपालमा बिना जेल स्टाइल गर्न मिल्ने स्टाइलिङ पाउडर, फेस सिरम, हेयर सिरम, फेस वास र मेहेन्दी उत्पादन गर्दै आएको छ ।

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend