२०८३, आश्विन १९ गते

images
  • स्थानीय
  • खुम्बु पासाङल्हामु जाने बसले हरेक पटक...

खुम्बु पासाङल्हामु जाने बसले हरेक पटक २ हजार शुल्क बुझाउनुपर्ने

खुम्बु पासाङल्हामु जाने बसले हरेक पटक २ हजार शुल्क बुझाउनुपर्ने

मंगलवार, माघ १५ २०८१०४:०८
मंगलवार, माघ १५ २०८१०४:०८
  • images

    काठमाडौँ । सगरमाथा क्षेत्र प्रवेश गर्ने सडकमा खुम्बु पासाङल्हामु गाउँपालिकाले चर्को सेवा शुल्क तोकेको छ ।

    गाउँपालिकाले माघ ९ गते एक सूचना जारी गर्दै सडक मर्मत सम्भार शुल्कबापत प्रतिसिट प्रतिपटक ५० रुपैयाँ शुल्क स्थानीय तहलाई बुझाउनुपर्ने भएको छ ।

    जस अनुसार अब ४० सिटे क्षमता भएको गाडी उक्त गाउँपालिका प्रवेश गर्न खोज्यो भने हरेक पटक २ हजार रुपैयाँ सेवा शुल्क स्थानीय तहमा बुझाउनुपर्ने भएको छ ।

    उता, सडक मर्मत सम्भार शुल्क (ढुवानी साधन) का हकमा प्रतिक्विन्टल प्रतिपटक १० रुपैयाँ सेवा शुल्क राखिएको छ । गाउँपालिकाले वडा नम्बर १ खरिखोलास्थित नगर प्रहरी पोस्टमा यो शुल्क बुझाउन समेत भनेको छ ।

    यस्तो छ पालिकाले जारी गरेको सूचना :

    notice.gif

    प्रतिक्रिया
    लोकप्रीय
    सम्बन्धित समाचार

    © 2026 All right reserved to cnnkhabar.com  | Site By : SobizTrend