काठमाडौँ । बुधबारदेखि निरन्तर ४ दिन शेयर कारोबार बन्द नहुने भएको छ । बुधबार र बिहिबार सार्वजनिक बिदा र शुक्रबार र शनिबार शेयर बजारमा नियमित बन्द हुने भएकाले चार दिन बन्द हुने भएको हो ।
सरकारले बुधबार सहिद दिवस र बिहिबार सोनम ल्होसारपरेकाले बिदाको अवसरमा देशभर बिदा रहने भएको हो।
बिदासँगै सरकारी कार्यालय, बैंक तथा वित्तीय संस्था र शेयर बजार लगायतका प्रमुख सार्वजनिक सेवा प्रदायक संस्थाहरू बन्द रहेका छन्।

